१८ कात्तिक, काठमाडौं । केहीदिनदेखि लगातार उतारचढाव आइरहेको सुनको मूल्य साताको दोस्रो दिन सोमबार घटेको छ । सोमबार प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

तेजाबी सुन ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी तोलामा ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तोलामा ७१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी तेजाबी सुन ७० हजार ९ सयमा कारोबार भएको थियो ।