३१ भदौ, काठमाडौं । झापामा एक युवकले १५ वर्षीया किशोरीलाई बलात्कार गरेका छन् । युवकले सोमबार राति घरभन्दा ५ सय मिटर पर जंगलमा लगेर किशोरीको बलात्कार गरेका थिए ।

बलात्कारको अभियोगमा गौरादह नगरपालिका–१ सितापुरी चौक बस्ने २३ वर्षीय सरोज श्रेष्ठलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ ।

घटनामा संलग्न सरोजका दाजु २५ वर्षीय गणेश श्रेष्ठलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।