७ भदौ, जाजरकोट । जिल्लामा घाँस काट्न गएकी महिलाको अरिंगालले चिल्दा ज्यान गएकोृ छ । नलगाड नगरपालिका–१ पाली ठूलाबगरकी ५५ वर्षीया बेलमती पुनको अरिंगालले चिल्दा ज्यान गएको हो ।

बिहीबार बिहान अंरिगालले टोकेपछि उपचारका लागि रुकुम पश्चिमको मिसन हस्पिटल चौरजहारी लगिएको थियो । चौरजहारी अस्पतालले नेपालगञ्ज उपचारका लागि लिन सिफारिस गरे पनि परिवारका सदस्यले बेलमतीलाई केही सन्चो भएको भन्दै शुक्रबार राति घर फर्काएका थिए ।

शनिबार बिहान फेरि दुखाई बढेपछि रुकुम पश्चिमको आठविसकोट नगर अस्पाल पुर्‍याएको भए पनि उपचार गर्दागर्दै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।