७ भदौ, कपिलवस्तु । स्वर्गीय पत्रकार शालिकराम पुडासैनी प्रकरणमा प्रहरीको छानबिनमा रहेका न्यूज २४ का सिधाकुरा जनतासंग कार्यक्रम प्रस्तोता रवि लामिछाने समर्थकले प्रदर्शन गरेका छन । रविका समर्थकहरुले जिल्लाको शिवराज नगरपालिका चन्द्रौटा बजारमा प्रर्दशन तथा र्याली निकालेका हुन ।

पत्रकार लामिछानेको रिहाइको माग गर्दै समर्थकहरुले चन्द्रौटा बजार परिक्रमा गर्दै कोण सभा गरेको हो । शिवराज युथको आयोजनामा रवि सर्मथकहरुको स्वतःस्फूर्त रुपमा जममा भएका युवाहरुले रवि लाई न्याय दे लेखिएका पम्पप्लेट सहित युवाहरुले प्रदर्शन गरेका हुन ।

प्रदर्शन पछि भएको कोण सभामा बोल्ने वक्ताहरुले सच्चा देशभक्त पत्रकारलाई फसाउन खोजेको भन्दै उनको रिहाईको माग गरेका थिए । प्रदर्शनका संयोजक अजय थापाले देश भन्दा माथी राजनिति हुन नसक्ने भन्दै आज रविको रिहाइका लागी युवाहरु स्वतः स्फुर्त रुपमा सहभागीको बताएका थिए । अझै पनि सरकारले छानबिन भन्दै पत्रकार लामिछानेलाई हिरासतमा राखे अझै कडा आन्दोलनमा जाने थापाले बताए ।

प्रदर्शन पछिको कोण सभामा युवाहरु पत्रकार पुडासैनी र रविले न्याय पाउनुपर्ने बताएका छन । रविले भष्ट्रचार न्युनिकरणमा कार्यक्रम मार्फत खबरदारी गरेकोले उनलाई फसाउन खोजेको युवा दिपक घिमिरेले बताए । देशमा नै केहि गरौं भन्दै काम गरेका व्यक्तिलाई अनाहकमा फसाउन खोज्दा युवाहरु चुप लागेर नबस्ने उनले जनाए ।

आजबाट सुरु भएको रवि सर्मथकको प्रदर्शन उनको रिहाइ नहुदा सम्म निरन्तर जारी रहने आयोजक शिवराज युथले जनाएको छ ।