२० असोज, चितवन ।

पूर्वमन्त्री माधवप्रसाद घिमिरेसहित तीन जना त्रिशूली नदीमा बेपत्ता भएपछि सरकारले गठन गरेको छानबिन समितिले आजदेखि स्थलगत अध्ययन थालेको छ ।

भुँडी घटाउन रोटी खाने कि भात ? डाइटिसियनको जवाफ

समितिमा पूर्वप्रहरी महानिरीक्षक कुबेरसिंह राना संयोजक तथा सदस्यमा सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक प्रेमकुमार शाही, नेपाल प्रहरीका नायब महानिरीक्षक पङ्कज श्रेष्ठ, सडक विभागका उपमहानिर्देशक उमाकान्त झा र इन्जिनियर मधुसूदन साँखी रहेका छन् ।

Home minister Ghopte Bhir (1)

फाइल तस्विर

समितिले घटनास्थलमा सडकको अवस्था, दुर्घटनाका कारण, उद्धार र खोजी लगायत विषयमा अध्ययन गर्नेछ ।

सशस्त्र प्रहरी विपत् व्यवस्थापन तालिम केन्द्र कुरिनटारका प्रहरी उपरीक्षक गणेशबहादुर थापाका अनुसार समितिका सदस्यले आज बिहान १०-३० बजेदेखि स्थलगत रुपमा काम थालेका हुन् । यही असोज ९ गते काठमाडौँतर्फ जाँदै गर्दा घिमिरे सवार गाडी पृथ्वी राजमार्गको घोप्टेभिरबाट त्रिशूलीमा खसेको थियो ।

कुन देशका राष्ट्राध्यक्षले खान्छन् सबैभन्दा बढी तलव? ११ राष्ट्राध्यक्षको तलव यस्तो

दुर्घटनामा परी पूर्वगृह तथा परराष्ट्रमन्त्री सहित दुई भाइ नदीमा बेपत्ता हुनुहुन्छ भने आमासहित तीन जनाको मृत्यु भएको छ । घाइते चालकको काठमाडौँमा उपचार भइरहेको छ । हालसम्म खोजी जारी रहे पनि गाडी र बेपत्ता व्यक्ति फेला पार्न सकिएको छैन । रासस