२० असोज, काठमाडौं ।

उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले निर्धारित समयमै तीन तहको निर्वाचन गरिने बताएका छन् ।

बालुवाटारमा प्रचण्डको जवाफ सुनेपछि राजेन्द्र महतो पड्किए

नेपाल प्रहरीको ६१औँ स्थापना दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री निधिले निर्वाचन समयमै गराउनु सरकारको प्राथमिकता रहेकाले त्यसअनुरुप काम अघि बढाइएको उल्लेख गरे ।

bimalendra nidhi

उनले २०७४ माघ ७ गतेभित्र स्थानीय, प्रादेशिक र सङ्घीय गरी तीनै तहको निर्वाचन सम्पन्न गराउन सरकार लागिपरेको बताए ।

पाकिस्तानको नयाँ रणनीतिः भारत देखि अमेरिका सम्म तरंग

उनले सुरक्षा, सामाजिक सेवा तथा भौतिक पूर्वाधारमा प्रहरी सङ्गठनले खेलेको भूमिकाको प्रशंसा गर्दै सङ्गठनलाई अझ प्रभावकारी बनाइनुपर्नेमा जोड दिए ।

भुँडी घटाउन रोटी खाने कि भात ? डाइटिसियनको अनौठो जवाफ

कार्यक्रममा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले परिवर्तित सन्दर्भमा प्रहरी सङ्गठनले आफ्नो दायित्व र भूमिकालाई सक्दो निर्वाह गर्दै आएको बताए । रासस