२८ भदौ, काठमाडौं । चन्द्रागिरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ ।

चन्द्रागिरी नगरपालिका–१४ स्थित सडकमा ना ६ ख २७४४ नम्बरको ट्रकले बा ८९ प ४३२९ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिएको हो ।

फाइल तस्बिर

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार काठमाडौं चन्द्रागिरी नगरपालिका–८ बौथली बस्ने २२ वर्षीय मनिष कार्कीको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको छ ।

यस्तै, दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक चन्द्रागिरी नगरपालिका–८ बौथली बस्ने २४ वर्षीय बसन्त कार्कीको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधन तथा ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।