१६ फागुन,नुवाकोट। नुवाकोटमा रहेको एक चर्चमा बम विष्फोट भएको बताइएको छ, बागेश्वरी गाँउ विकास समिति वडा नम्बर ८ चोकतेमा रहेको ईसाई धर्मालम्बीहरुको चर्चमा आगलागी भएको स्थानियवासीले बताएका छन्। आज राति १२ बजेको समयमा ठुलो आवाज सहित आगलागी भएको स्थानियले जनाएका छन् । आगलागी लागेको स्थानमा ग्याँसको सिलिन्डरको टुक्रा भेटिएकोले बम भेटिएको छ। घटनास्थलमा प्रहरी पुगिनसकेकाले वास्तविकता भने थाहा भएको छैन । आगलागीबाट भएको क्षतिको विवरण पनि प्राप्त भएको छैण्