१४ असार, एजेन्सी ।

चिनियाँ सञ्चार माध्यमले भारतको कडा आलोचना गरेका छन् । परमाणु आपुर्तीकर्ता देशको समूह न्यूक्लियर सप्लायर्स ग्रुप (एनएसजी) मा भारतको प्रवेशमा चीनले समर्थन नगरेपछि भारतले देखाएको ब्यवहारप्रति चिनियाँ मिडिया आक्रामक देखिएका हुन् ।

चीनले भारतलाई चेतावनी दिँदै भन्यो- अमेरिकी समर्थनको फुर्ती नगर

चीनको सरकारी अखबार ग्लोबल टाइम्सले सम्पादकीय लेखेर भारतमा राष्ट्रियताको विषयमा कुनै ज्ञान नभएको भन्दै भारतलाई पाखण्डीको सज्ञा दिएको छ ।

china president with modi

भारतलाई नैतिकताको कुनै ज्ञान नभएको भन्दै चिनियाँ सञ्चार माध्यमले डराएर पश्चिमा राष्ट्रहरुको सिको गरिरहेको समेत आरोप लगाएको छ ।

सांसद थापाले भनिन्- भारतसँगको सीमा बन्द गरिनु पर्छ

भारतीयहरुलाई देशभक्ति पढाउन आवश्यक रहेको भन्दै चिनियाँ सरकारी सञ्चार माध्यमले अमेरिकाको समर्थन पाएँ भन्दैमा भारतले फुर्ती देखाएको टिप्पणी समेत गरेको छ ।

वास्तु शास्त्रः एक चिम्टी नुनले तपाइँलाई धनी बनाउन सक्छ

भारतको ब्यवहारप्रति रुष्ट बनेको चिनियाँ पक्षले अमेरिकाको साथ लिएर दादागिरी गर्न खोजेको भन्दै भारतप्रति तिव्र असन्तुष्टि जनाएको छ । चीनको सरकारी सञ्चार माध्यमले भारतले अमेरिकाको साथ पाउँदैमा विश्वकै साथ पाएको नसम्झिन चेतावनी दिएको छ ।

देश बनाउने अभियान कसैले रोक्न सक्दैन- प्रधानमन्त्री ओली