कुशल श्रेष्ठ

मुटुको स्वास्थ्यको विषयमा ‘वाइन’लाई फाइदाजनक मानिने गरिन्छ। तर के पनि भुल्नुहुँदैन भने अधिकांश पुरुषहरूलाई मनपर्ने ‘बियर’ हाम्रो स्वास्थ्यको लागि एकदमै राम्रो पेयपदार्थ हो।

३२ वर्षसम्म चलेको एक खोजले १४०० प्रौढ महिलाहरूको अनुसन्धान गरेको थियो। यस खोजबाट के पत्ता लागेको थियो भन्दा दैनिक १ वा २ गिलास बियर पिउने महिलाहरूमा हृदयघात र अन्य मुटुसम्बन्धी समस्या हुने सम्भावना कम हुने गर्दछ। त्यहिँ, दिनमा २ गिलास भन्दा बढि वा पिउँदै नपिउने महिलाहरूमा मुटुसम्बन्धी समस्या, विशेष गरी क्यान्सरको सम्भावना बढि देखिएको थियो।Holding a Beer Glass and beer's benefits

सोहि अनुसन्धानमा आधारित रहेर आज हामी तपाईँहरूलाई बियर पिउनुका स्वास्थ्य फाइदाहरूको बारेमा केहि जानकारी दिन गैरहेका छौँः

१. बाथ र हाडजोर्नीको रोगबाट छुट्कारा

हाम्रो हाडको जोर्नीमा हुने नरम मांशपेसीमा जलन पैदा भएर खिइँदै गएपछि जोर्नी दुख्ने अनि चलाउन नमिल्ने समस्या देखा पर्न थाल्दछ। यसैलाई बाथरोग अथवा जोर्नीशोध भनिन्छ।Doctor checking for Arthritis

बियरमा जलन विरोधी (anti-inflammatory) गुण हुन्छ, जसले मांशपेसीमा परेको दवाव र जलनलाई कम गर्दछ र बिस्तारै निको बनाउँदै लैजान्छ। यसले हाम्रो मुटुको धमनी र रक्तनलीमा पर्ने दवावलाई पनि कम गर्दछ।

(अब घरमै बसेर बाथ मुटुरोगको उपचार)
२. मुखसम्बन्धी रोगलाई टाढा राख्दछ

बियर, रेड वाइन अनि कफीमा ‘एण्टिमाइक्रोबियल’ तत्वहरू पाइन्छन्, जसले हाम्रो मुखको ब्याक्टेरिया र कीटाणुहरूलाई नष्ट गर्दछ र मुख सम्बन्धी रोगबाट टाढा राख्दछ।Girl showing her white teeth

हुन त, दाँत माझ्दा पनि अधिकांश कीटाणूहरू नष्ट हुन्छन्। तर दिनभरी हामीले खाएका खानेकुराहरूको केहि अंश हाम्रो मुखमै बसिरहेको हुन्छ, जुन केहि बेरमै नराम्रो तत्वहरूमा परिणत हुन जान्छ। यस्तो अवस्थामा बियर अथवा वाइन पिउँदा त्यसबाट पैदा हुने ब्याक्टेरियाहरूलाई पैदा हुनुभन्दा पहिल्यै रोक्ने काम गर्दछ।

(नियमित चिया पिउनुहोस्, मुटुरोगबाट बच्नुहोस्)
३. आँखाको दृश्यशक्तिलाई बचाउँदछ

जब हाम्रो नियमित खानामा ‘एण्टिअक्सिडेन्ट’को कमि हुन्छ, तब हाम्रो आँखाको नानीमा नियमित भन्दा बढि बल पर्न जान्छ। जसले गर्दा आँखा फरफराउने, बढि आँशु आउने, आँखा रातो हुने, आँखामा बादल लागेको जस्तो हुने समस्या देखा पर्न थाल्दछ।girl's seducing eyes

बियरको हलुका मात्राले आँखालाई चाहिने एण्टिअक्सिडेन्टको पूर्ती गर्दछ र आँखाको दृश्यशक्तिलाई बचाउँदछ।

(बेलाबेला हाम्रो आँखा किन फरफराउँछ? कसरी रोक्ने?)
४. मृगौला पत्थरीको सम्भावनालाई कम गर्दछ

हाम्रो शरीरमा पैदा हुने खराब पदार्थहरू अनि अन्य फोहोरहरू हाम्रो पिसाब, पसिना, दिसा, खकार, कानेगुजी, चिप्रा अनि सिँगान भएर बाहिर निस्कने गर्दछ। तर, ती अङ्गबाट निस्कन नसक्ने फोहोर पदार्थहरू पनि हुन्छन्, जुन मृगौलामा गएर जम्मा भैदिन्छ र फलतः मृगौलाको पत्थरी!old woman embracing her kidney stone pain

तपाईँलाई थाहै होला कि बियर पिएपछि छिटोछिटो पिसाब गर्न मन लाग्दछ। बियरको यहि विशेषताको कारण नै चिकित्सकहरू के विश्वास गर्छन् भन्दा यसले मृगौलामा जम्मा भएको फोहोरलाई बिस्तारैबिस्तारै बाहिर निकाल्ने काम गर्दछ।

(मृगौला जोगाउन चाहनु हुन्छ ? खानुस् यी ७ खाना)
५. मधुमेहको दोश्रो प्रकारको खतराबाट रोकथाम गर्दछ

जब हामी गुलियो पदार्थ सेवन गर्छौँ, तब त्यसलाई कार्बोहाइड्रेटमा परिवर्तन गरेर ऊर्जा निकाल्नको लागि शरीरमा इन्सुलिन नामक रसायनको पैदा हुन्छ। तर, यदि गुलियोको मात्रा अत्याधिक हुन गएमा, त्यसलाई पचाउन पर्याप्त मात्रामा इन्सुलिनको पैदा नहुन सक्छ। जसले गर्दा ती गुलियो पदार्थहरू बोसो बनी आन्द्रा अनि अन्य अङ्गको भित्तामा टाँस्सिन थाल्दछ। यसलाई नै मधुमेह भनिन्छ।checking for diabetes

अब बियर र बियर जस्तै अन्य पेय पदार्थहरूमा जलनविरोधी विशेषता हुने गर्दछ। यसले शरीरको इन्सुलिन पैदा गर्ने शक्तिलाई अझ बढि सक्रिय गराउँदछ र बोसोमा परिवर्तन हुन लागेको गुलियो पदार्थलाई पचाउन मद्दत गर्दछ।

(मधुमेहको लक्षण तथा उपचार विधि)
तथापी;

बियरबाट फाइदा हुन्छ भन्दैमा धमाधम बोत्तलका बोत्तल पिउन थाल्यो भने, ठ्याक्कै उल्टो हुन जान्छ। मधुमेहबाट बचाउन पर्ने ठाउँमा उल्टो मधुमेहको खतरा ल्याउँदछ। त्यसैले दिनमा १/२ गिलास वा १ बोत्तल बियर पिउन स्वास्थ्य विज्ञहरू सुझाब दिन्छन्।

यो पनि हेर्नुहोस्-
सबैले थाहा पाउनैपर्ने- ‘घुर्ने समस्या’को ५ प्रभावकारी रोकथाम
आखिर सेक्सको कति मात्रा उचित हुन्छ?
यी ५ गलत बानीको कारण बढ्दैछ तपाईँको बोसो
केवल १५ दिनमा मोटोपना घटाउने जीराको अचुक शुत्र