कुशल श्रेष्ठ

वाटरकलरको पेन्टिङ्ग जस्तो देखिने लट्टा परेको नदीको अतुलनीय सौन्दर्य यी तस्विरहरूमा देख्न सकिन्छ।

तिब्बतको बुराङ्ग काउन्टीबाट सुरु भएर हिमालय, बङ्गलादेश अनि भारत हुँदै बहने यो नदीलाई ‘ब्रह्मपुत्र’ भनेर नाम दिइएको छ। हुन त यसको नाम ठाउँअनुसार फरक फरक रहेको छ। तिब्बतमा यसलाई ‘यार्लुङ्ग साङ्गपो’ भनिन्छ भने भारतको अरुणाचल प्रदेशमा पुगेपछि यसलाई दिहाङ्ग भनिन्छ। असाम शहरको दक्षिण भेगमा पुग्दा यसको नाम ‘ब्रह्मपुत्र’ भएको छ भने बङ्गलादेशमा ‘जमुना’ भएर बगेको छ। बङ्गलादेश छोडेपछि ‘पद्म नदी’सँग संगम भई ‘मेघना’को रूप लिँदै ‘बङ्गालको खाडि’मा गएर समुन्द्रमा रित्तिन पुगेको छ।Brahmaputra River (1)

यसरी एसियाको अधिकांश भागलाई छुँदै बगेको यो नदीको सुन्दरता केमा छ भन्दा यो ठ्याक्कै रूखको जराजस्तै लट्टा परेको छ। अनि यसलाई आकाशबाट हेर्दा कुनै कलाकारले क्यानभासमा उतारेको कृति भन्दा कम देखिँदैन।

हेरौँ, ब्रह्मपुत्र नदीको यो मनमोहक दृश्यःBrahmaputra River (3) Brahmaputra River (4) Brahmaputra River (5) Brahmaputra River (6) Brahmaputra River (2)

तस्विर श्रोतः पिपुल्स डेली

यो पनि हेर्नुहोस्-
चीनमा फेरी भयो अनौठो काम, सदाको लागि सडकमा विमान
चीनमा ‘सेक्स क्रान्ति’?
‘प्रकृतिको परी’ मनमोहक खयरलेक उपत्यका
भुकम्पले बनाएको मनमोहक ताल (फोटो फिचर)
फोटोसप प्रयोग नगरी खिचिएका २० उत्कृष्ट तस्विर
विश्वका १० सुन्दर दृश्य भएका विमानस्थलहरू (तस्विर सहित)