चीन, विश्वका अनौठा कानुन भएको देशमध्येको एक हो। चीनसंग जोडिएका कयौं यस्ता तथ्य छन् जसले आश्वर्यमा पार्छन्। केही समय मात्र भयो चीनले एक सन्तान नीति खारेज गरेको। अब चिनियाँ नागरिकले दुई सन्तान जन्माउन पाउँछन् तर सरकारको इजाजत लिएर मात्र। साथै चीनमा परिवार नियोजन गर्नुपूर्व समेत सरकारलाई जानकारी दिनुपर्छ।

भर्जिनिटी फेरी पाउन सम्भव

china facts 25833210चीनमा महिला विवाहको केही दिनपहिले एक सर्जरी गरी आफ्नो गुमाएको भर्जिनिटी फेरी हासिल गर्न सक्छन्। सुन्दा अनौठो लागेपनि चीनमा अहिले यो प्रचलन बनिसकेको छ।

चीनबाट सुरु भएको थियो फुटबल

china facts 262512110फुटबलको इतिहास निकै पुरानो छ। सकर वा फुटबलमा भलै अन्य देशहरुले महारथ हासिल गरेका छन् तर यसको सुरुवात चीनबाट भएको थियो। चीनमा यो खेललाई सुजु भनिन्छ जसको अर्थ हो बललाई लात मार्नु। यो खेले चीनमा पहिलो पटक २०६ देखि २२० इसापूर्वमा खेलिएको थियो।

पाइजामा फेसन

china facts 272068610विश्वको अन्य देशमा घरमा बन्दा वा रातीसुत्दा लगाउने पाइजामा चीनमा भने फेसन बनेको छ। अत्याधिक मानिसहरु घर बाहिर पनि पाइजामा लगाउने गर्छन्।

७ बजे टिभी हेर्ने बढी

china facts 28409410चीनमा हरेक दिन ठिक ७ बजे समाचार एजेन्सीद्वारा आधा घण्टाको एक समाचार प्रसारण गरिन्छ जसलाई त्यहाँका अधिक जनता हेर्ने गर्छन्। सन् १९७८ देखि चीनमा सबैभन्दा बढी हेर्ने कार्यक्रमनै यहि रहदै आएको छ।

सबैभन्दा बढी क्रिस्चियन

china facts 291813410बाहिरबाट हेर्दा लाग्छ कि चीन बुद्धिस्ट कल्चर भएको देश हो। तर चीनमा निकै ठूलो संङ्ख्यामा क्रिस्चियन बसोबास गर्छन्। एक अनुमान भन्छ सन् २०३० सम्म चीन सबैभन्दा बढी क्रिस्चियन जनसङ्ख्या भएको देश हुनेछ।

ट्राफिक जामबाट बचाउने व्यावसाय

china facts 30597610ट्राफिक जाममा फस्दाको दिक्दारी बताइरहनु पर्दैन। तर चीनमा यदि ट्राफिक जाममा फसिए फोन गरेर बच्न सकिन्छ। कम्पनीका कामदारले बाइकमा बसाएर गन्तव्यसम्म पुर्याउने गर्छन्। साथै एक अर्को व्यक्ति पनि कम्पनीले उपलब्ध गराउँछ जसले जाम खुलुन्जेल कारमै प्रतिक्षा गरेर बस्छ। जाम खुलेपछि दिइएको ठेगानामा उसैले कार पुर्याइदिन्छ। यो चीनको एक ठुलो व्यावासाय हो।

चीनका बच्चालाई जतापनि शौच गर्ने छुट

china facts 313468210चीनमा बच्चालाई कतै पनि शुशु वा दिशा गर्ने छुट छ। त्यसैले बच्चालाई लागि विशेष कपडा पहिराइन्छ जसको अगाडी र पछाडीको भाग खुल्ला छोडिएको हुन्छ।चीनका गल्लीमा यस्तो लुगा लगाएका बच्चा देख्न सकिन्छ।

यो पनि पढ्नुस्।

यी १० कुरा विश्वसंग लुकाउँछ चीन

यी ७ कुरा विश्वसंग लुकाउँछ अमेरिका

उत्तर कोरियाको ९ सैन्य रहस्य