१४ साउन, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राजदुत वु चुन्ताईसँग आज बिहान आफ्नै निवास लाजिम्पाटमा भेट भएको छ ।

प्रधानमन्त्रीलाई बालुवाटार छोड्न ७ दिने अल्टिमेटम

भेटका क्रममा अध्यक्ष प्रचण्डले अहिलेको राजनीतिक घट्नाक्रमबारे प्रष्ट्याउँदै अब केही दिनभित्र आफ्नो नेतृत्वमा नयाँ सरकार निर्माण हुने विश्वास व्यक्त गरको उनको निजी सचिवालयले जनाएको छ ।

Prachanda with Chinese Ambassador 1

आफ्नो नेतृत्वमा अब बन्ने सरकारले संविधान कार्यान्वयन, राजनीतिक स्थीरता एवं शान्ति, पुनर्निमाण र विकासका कामहरुलाई तीव्रताका साथ आगाडी बढाउने पनि प्रचण्डले बताए ।

Prachanda with Chinese Ambassador

अध्यक्ष क. प्रचण्डले पछिल्लो चरणमा हामी समेत संलग्न रहेको सरकारले चिनियाँ सरकारसँग गरेका सन्धी, सम्झौता र समझदारी आफु गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदै भएका सहमतिकै परिणाम भएको बताएका थिए । उनले अब बन्ने सरकारले चिनियाँ सरकारसँग भएका सन्धी, सम्झौता र समझदारीलाई कार्यान्वयन गर्दै अझ नयाँ सहमति निर्माण गर्ने बताए ।

प्रचण्डलाई कठोर बन्न सुझाव

उक्त भेटका क्रममा राजदुत चुन्ताईले केही दिनभित्र तपाईंको नेतृत्वमा बन्ने सरकारलाई चिनियाँ सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताको पूर्ण सहयोग र समर्थन रहने बताए । उनले नेपालको विकासको निम्ति चिनियाँ सरकारको तपाईंको नेतृत्वमा बन्ने सरकारलाई पुरा साथ, सहयोग र समर्थन रहने बताए ।

प्रधानमन्त्रीकै रुचिमा बुढीगण्डकी चिनियाँ कम्पनीलाई

यस अघि चीन निकट मनिएको ओली सरकार ढालेका प्रचण्डसँग चीन असन्तुष्ट रहेको ठानिएको थियो । तर चिनियाँ राजदुतले प्रचण्ड सरकारलाई समर्थन र साथ रहने अनुमान विपरितको आश्वासन दिएपछि प्रचण्ड हौसिएको बुझिएको छ ।