१४ साउन, रुपन्देही।

रुपन्देहीमा पोखरीमा डुबेर ३ जना बालकको मृत्यु भएको छ ।

स्थानिय कल्भर्टमुनीको खाल्डोमा पौडी खेल्ने क्रममा डुबेका लुम्विनी सांस्कृतिक नगरपालीका १ खुनगाईका अतिस बानियाँ, श्यामलाल कहार र बिक्की सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए। उनीहरुलाई उपचारको लागि भैरहवा लैजाँदै गर्दा गएराति मृत्यु भएको हो ।