एजेन्सी।

चीनका वैज्ञानिकहरूले सूर्यभन्दा तीनगुणा बढि तातो ‘कृत्रिम सूर्य’को विकास गरेका छन्।

चीनका भौतिकशास्त्रीहरूले हाइड्रोजन ग्याँसलाई ५ करोड डिग्री केल्भिनको तापक्रममा तताउन सक्ने प्रविधि पत्ता लगाएका हुन।

पृथ्वीमै यति धेरै तापक्रम हासिल गर्ने प्रयास यो भन्दा पहिले १ पटक मात्रै भएको थियो। जर्मनीका वैज्ञानिकहरूले हाइड्रोजनलाई ८ करोड डिग्री केल्भिनसम्म तताएका थिए, जुन १ सेकेण्डभन्दा कम समयसम्मको लागि मात्रै सम्भव भएको थियो।

चीनको यो नयाँ प्रयोगमा भने वैज्ञानिकहरुले ५ करोड डिग्री केल्भिन तापक्रमलाई १०२ सेकेण्डसम्म नियन्त्रण गर्न सफल भएका छन्।

Artificial Sun (3)

यो नयाँ खोज सफल भएमा ऊर्जाको लागि जैविक इन्धन (पेट्रोल, डिजेल)मा निर्भर हुनु नपर्ने भौतिकशास्त्रीहरू विश्वास गर्छन्। यो प्रविधिलाई स्थिर गरि तापक्रम निरन्तर नियन्त्रण गर्न सक्ने हो भने वैज्ञानिकहरूले असीमित आणविक ऊर्जा पैदा गर्न सक्दछन्।Artificial Sun (2)

चीनको हेफेई शहरमा अवस्थित ‘इन्स्टिच्यूट अफ फिजिकल साइन्स’मा भएको यस खोजको परीक्षणमा ‘एक्स्पेरिमेन्टल एडभान्स्ड सुपरकन्डक्टिङ् टोकामाक’ (Experimental Advanced Superconducting Tokamak- EAST) नामक मेसिनको प्रयोग गरिएको थियो। यस मेसिनले हाइड्रोजनलाई ५ करोड केल्भिनसम्म तताउन सफल भएको हो, जुन सूर्यको सतहभन्दा ३ गुणा तातो हो। (सूर्यको सतहको तापक्रम करीब १ करोड ५० लाख केल्भिन रहेको हुन्छ)।Artificial Sun (1)

वैज्ञानिकहरूले हाइड्रोजन ग्याँसलाई चुम्बकीय शक्तिको माध्यमबाट १ मिनेटसम्म आणविक चेम्बरमा राखेका थिए। उनीहरूको लक्ष्य १००० सेकेण्डसम्म (लगभग १७ मिनेट) १० करोड डिग्री केल्भिनको तापक्रममा पुर्याउने थियो। तर प्राविधिक गडबडको कारण सोचेजत्ति यो प्रयोग सफल हुन सकेन।

लक्ष्यसम्म पुग्न नसकेपनि, यो नयाँ खोज सफल भएमा इन्धनको दुनियाँमा क्रान्ति हुने वैज्ञानिकहरू विश्वास गर्छन्।

यो पनि हेर्नुहोस्-
चीनमा मात्र किन्न पाइने ७ अजीव चिज
न् २०२० सम्म चीनको आणविक शक्ति दोब्बर हुने
नेपालकै पहिलो वैज्ञानिक यस्ता थिए- रोचक तथ्य
“मेरो एण्ड्रोइडबाट फोटो नै हरायो, त्यसलाई कसरी फिर्ता ल्याउने?”
वास्तवमा पृथ्वी दुई वटा ग्रह हो- खोजको नतिजा
फेसबुकमा फोटो अपलोड गर्नु अघि जान्नै पर्ने ६ कुरा