प्रत्येक दिन फेसबुकमा संसारभरिबाट ३६ करोड भन्दा बढि फोटोहरू अपलोड हुने गर्दछन्। यति धेरै फोटोहरू अपलोड हुने कारणले गर्दा नै अहिले फेसबुकले विभिन्न सुविधाहरू पनि दिएको छ, जसले तपाईँको फेसबुक चलाउने अनुभवलाई रोचक बनाउँदछ।

फेसबुकमा फोटो राख्ने केहि टिप्स जान्नुहोस्:Facebook Photos

१. तपाईँको साथीलाई ट्याग गर्नुस् तर उसका साथीहरूको लागि तपाईँको फोटो हाइड गर्नुहोस्

तपाईँको फोटोलाई तपाईँका साथीका साथीहरूलाई देखाउन चाहनुहुन्न?

  • त्यसो हो भने, फोटोमा कसैलाई ट्याग गरिसकेपछि, ‘अडियन्स ड्रप डाउन मेन्यू’मा क्लिक गर्नुहोस् र More Options मा क्लिक गर्नुहोस्।Fb More Options
  • फेरि custom मा क्लिक गर्नुहोस्।Fb Custom

त्यसपछि आउने Custom Privacy मा Friends of tagged मा टिक लगाएको छ भने हटाउनुहोस्।Fb Share

आइफोन प्रयोगकर्ताहरूको लागि अलि सजिलो छ। फोटो अपलोड गरेर ट्याग गरिसकेपछि, स्क्रीनको माथिपट्टि भएको ‘To:’ मा क्लिक गर्नुहोस् र Friends of Tagged बाट टिक हटाउनुहोस्।Facebook Friends of tagged2

२. फोटोको आकार थाहा पाउनुहोस्

कहिलेकाहिँ फोटो अपलोड गर्दा (विशेष गरी प्रोफाइल पिक्चर र कभर फोटो) फोटोको कुनै भाग छोप्पिने हुन्छ। यस्तो किन हुन्छ भन्दा, फेसबुकले प्रोफाइल र कभर फोटोको लागि निश्चित आकारको निर्धारण गरेको छ।Facebook Cover

तपाईँको कभर फोटोको डाइमेन्सन ८५१*३१५ पिक्सेल (851 pixel * 315 pixel) रहेको हुन्छ, त्यसैले यो भन्दा ठूलो अथवा सानो आकारको फोटो राख्दा छोप्पिन्छ। प्रोफाइल फोटो वर्गाकारको हुनुपर्दछ। फेसबुकले प्रोफाइल फोटोको डाइमेन्सन १६०*१६० पिक्सेल (160 pixel * 160 pixel) निर्धारण गरेको छ।

३. फेसबुक एपले तपाईँको फोटोलाई बिगार्न नदिनुहोस्

स्मार्टफोनमा हुने फेसबुक एपको ‘अटो इन्ह्यान्सिङ्’ (auto-enhancing) फिचरले फोटोलाई फेरबदल गरिदिन्छ। त्यसैले तपाईँ आफ्नो फोटोलाई जस्ताको तस्तै अपलोड गर्न चाहनुहुन्छ भने त्यो फिचरलाई बन्द गर्नुपर्दछ।

त्यसको लागि, आइफोन प्रयोगकर्ताहरूले फेसबुक एपको तलपट्टीको दाहिने तर्फ भएको More मा क्लिक गर्नुहोस्। त्यसपछि तल स्क्रोल गर्दै जाँदा Settings मा क्लिक गर्नुहोस् र Account Settings मा क्लिक गर्नुहोस्। त्यसपछि, Videos and Photos मा ट्याप गरेर Apply Auto Filter सुविधालाई off गर्नुहोस्।Auto Enhancing

४. एचडी फोटो अपलोड गर्नुहोस्

फेसबुकको लो-क्वालिटीको फोटो कम्प्रेसन प्रविधिको शिकार बन्न चाहनुहुन्न र राम्रो क्वालिटीको फोटो अपलोड गर्न चाहनुहुन्छ भने, नयाँ एल्बम बनाउनुहोस्।

नयाँ एल्बम बनाउँदा बायाँ पट्टी ‘High quality‘ मा टिक लगाउनुहोस्। यति गरेपछि तपाईँका सबै फोटोहरू राम्रो क्वालिटीमा अपलोड हुनेछ।Fb High Quality

५. अस्थायी प्रोफाइल फोटो राख्नुहोस्

के तपाईँलाई थाहा थियो, फेसबुकमा अस्थायी समयको लागि प्रोफाइल पिक्चर परिवर्तन गर्न मिल्छ नि! तपाईँले निर्धारण गर्नुभएको समयसम्म त्यो फोटो बसिरहन्छ र समयअवधि सिद्धिएपछि स्वतः पहिलाकै तस्विरमा परिवर्तन हुन्छ।

तर, यो सुविधा आइफोन र एण्ड्रोइडमा मात्रा उपलब्ध छ। फेसबुक एपमा, तपाईँको प्रोफाइल तस्विरमा ट्याप गर्नुहोस् र Upload Photo लाई छान्नुहोस्। त्यसपछि आफूले चाहेअनुसारको फोटो छान्नुहोस्। अब, Make Temporary मा क्लिक गर्नुहोस् र कति समयको लागि त्यो तस्विरलाई प्रोफाइल तस्विर बनाउने भनेर छान्नुहोस्।Facebook Temporary Picture

६. अपलोड गर्नुभन्दा पहिला फोटो फिल्टर राख्नुहोस्

अहिले, स्मार्टफोनहरूमा फेसबुक एपले नयाँ फिचर ल्याएको छ। पोस्ट गर्नुभन्दा पहिला सजिलो तरिकाले फोटोमा फिल्टर राख्न सकिन्छ।

आफूले चाहेको तस्विर छानिसकेपछि, स्क्रीनमा swipe गर्नुहोस् र विभिन्न प्रकारका फिल्टरहरू प्रयोग गर्नुहोस्।Facebook Filter

यो पनि हेर्नुहोस्-
“मेरो एण्ड्रोइड फोन ह्याङ्ग हुन्छ, के गर्ने?”
आइफोन छिटो बनाउने सजिला १० विधि
कम्प्युटरमा भाइबर यसरी प्रयोग गर्न सकिन्छ (तस्विर सहित)
भविष्यमा यस्तो बन्नेछ आइफोन
आइफोन हुनेले सुरुमै डाउनलोड गर्नुपर्ने १० एप्स
फेसबुकका मालिकले सँधै एकै खाले कपडा किन लगाउँछन् ?