२० माघ, एजेन्सी । चीनले कोरोना भाइरस संक्रमितको उपचारका लागि छुट्टै अस्पताल खडा गरेको छ ।

बनाउन सुरु गरेको १० दिनमा चीनले एक हजार शैयाको अस्पताल बनाएको हो । अस्पताल भवन ठड्याएको मात्रै होइन भित्र अस्पतालका लागि चाहिने सबै सामाग्री फिट गरिसकिएको छ । अस्पताल आजैबाट संचालनमा आएको चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ । अस्पताल निर्माणमा सयौं श्रमिक र चिनियाँ सेना परिचालन भएका थिए ।

चिनको वुहान शहरमा बनाइएको अस्पतालमा १४ सय स्वास्थ्यकर्मी पनि नियुक्त गरी उपचार थालनी गरिएको छ । कोरोना भाइरस संक्रमित बिरामीको उपचारका लागि छुट्टै अस्पताल बनाइएको हो । चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ सय ६१ पुगिसकेको छ ।