४ चैत, काठमाडौं ।

प्रधानमन्त्रीसँग चीन जाने भ्रमण टोलीबाट एका एक आपुर्तिमन्त्री गणेशमान पुनलाई हटाइएको छ ।

बुधबार मात्र आपुर्तिमन्त्री पुनले भविष्यमा इन्धन संकट हुन नदिने प्रयासस्वरुप नेपालमा ३ महिनालाई पुग्ने गरी पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउने काम अघि बढिरहेको र त्यसका लागि चीनसँग सहयोग माग्ने तयारी भैरहेको जानकारी दिएका थिए ।

Ganeshman Pun

व्यापार र सरकारस्तरबाट हुने दुईपक्षीय सम्झौताको मस्यौदा आपूर्ति मन्त्री गणेशमान पुनले अर्थमन्त्रालय, परराष्ट्रमन्त्रालय र प्रधानमन्त्रीको कार्यालयबाट राय सुझावसहित अनुमोदन गराइसकेका छन् ।

प्रधानमन्त्री ओली आगामी चैत ७ गतेदेखि चीन भ्रमणमा जाँदैछन् । ओलीसँगै चीन जान लागेका आपुर्ति मन्त्री पुनले चीनसंगको सम्झौताकालागि मन्त्रालय स्तर र व्यतिगत तर्फबाट पनि पहल गर्दै आएका थिए । व्यगित पहलकालागि आपुर्ती मन्त्री पुन दशैताका चीन भ्रमणमा पनि गरेका थिए ।

यस्तो छ ३ महिना आपुर्ति बन्द भएपनि इन्धन संकट हुन नदिने आपुर्तिमन्त्रीको योजना

चीनसँग इन्धन किनबेच सम्झाैता तयारी, भण्डारण बनाउन १५ अर्ब मागिने

चीनसँग हुने सम्झौता भाँड्न निगमका कार्यकारी निर्देशक सक्रिय

चीनसँग इन्धन सम्झौता गर्न मरिमेटेका मन्त्री पुनलाई अन्तिम समयमा आएर भ्रमण टोलीबाट हटाउनुले विभिन्न आशंक जन्माएको एमाओवादी नेताहरुले बताएका छन् ।

भारतीय विदेश सचिव एस जयशंकरले ओलीलाई भेटेपछि चीनसँग राम्रो सम्बन्ध भएका आपुर्तिमन्त्री भ्रमण टोलीबाट हटाइनुलाई रोचक मानिएको छ ।

भारतीय पक्षबाट चीनसँग कुनै प्रकारकार सम्झौता नहुन् भन्ने उद्देश्यले विभिन्न प्रकारका चलखेल भैरहेका चर्चा चलिरहेका छन् ।

भारत निकट मानिने आयल निगमका निर्देशक गोपाल खड्का र कतिपय ब्यापारीले समेत चीनसँग इन्धन आपुर्ति सम्झौता हुन नदिन लविङ गरिरहेको श्रोत बताउँछ ।

आपुर्ती मन्त्रीलाई भ्रमण टोलीबाट हटाउनुले चीनसँग इन्धन आपुर्ति सम्झौता नै हुन नदिने वा कमजोर सम्झौता गरेर प्रधानमन्त्री ओलीले आफै जस लिन चाहेको हुन सक्ने उनीहरुको अनुमान छ ।