१५ असार, काठमाडौं ।

अकुत सम्पत्ति कमाई भ्रष्टाचार गरेको अभियोगमा पक्राउ परेका आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणी शर्मासँग ३ अर्ब धरौटी मागेको छ ।

आयोगले आजसम्म एक करोड भन्दा माथिका १ सय फाइल अध्ययन गर्दा अत्याधिक कर छुट दिएर अकुत सम्पत्ति कमाएको ठहर गर्दै शर्मासँग ३ अर्ब धरौटी माग गरेको हो । आयोगले झण्डै अगाडि आयोगले शर्मालाई पक्राउ गरी बयान लिएको थियो।

कर फस्र्यौट गर्दा भ्रष्टाचार गरेको आरोपमा शर्मालाई गएको जेठ १९ गते अख्तियारले नियन्त्रणमा लिएको थियो । जेठ २६ गते विशेष अदालतले उनलाई ६ दिन थुनामा राखि अनुसन्धान गर्न अनुमति दिएको छ ।