१५ असार, काठमाडौं । हिजो चुनाव भएका ३ सय ३४ स्थानीय तहमध्ये नेपाली काँग्रेसले बिजयी सुरुवात गरेको छ । बझाङको काँडा गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसकाराजेन्द्र बहादुर धामी ३९४ मतसहित बिजयी भएका हुन् ।

निकटतम प्रतिष्पर्धि नेकपा एमालेका मानबहादुर बोहोराले ३ सय ३६ मत प्राप्त गरे । उपाध्यक्षमा पनि काँग्रेसकै कल्पना बोहोरा ३ सय ९४ मत ल्याएर बिजयी भइन् । उनका निकटतम प्रतिष्पर्धि एमालेका डोल्मा तामाङले ३ सय ३६ मत ल्याइन् ।

त्यहाँ जम्मा ८ सय ८१ जना मात्रै मत खसेको थियो ।