चेल्सी क्लबको मालिक ‘रोमन एब्रामोविच’ले स्ट्यामफोर्ड ब्रिज स्टेडियमलाई बढाउने कुरा सार्वजनिक गरेका छन् । यो योजनाले स्टेडियमको दर्शक क्षमता ६० हजारसम्म पुर्याउने अनुमान गरिएको छ ।

अहिले सो स्टेडियम को दर्शक क्षमता ४२ हजार रहेको छ । मङ्गलबार देखि यस स्टेडियमको तीन दिन सार्वजनिक परामर्श सुरु हुने भनेर तोकिएको छ । ‘एब्रामोविच’ यस स्टेडियमलाई फुटबलको मुख्य गिर्जाघर बनाउने सोचमा छन् । ‘एब्रामोविच’को नयाँ स्टेडियमको ब्लुप्रिन्ट स्थानीय बासिन्दाहरुलाई अवलोकनको लागि राखिएको छ ।
stamford bridge stadium 1922यस योजनाको लागि लगानी स्थिर नभएपनि ‘एब्रामोविच’ले ५०० मिलियन यूरो (५ अरब ७० करोड नेपाली रुपैँया) लाग्न सक्ने अनुमान गरेका छन् जस्को लगानी ‘एब्रामोविच’ले आफै गर्नेछन् । उनले यस योजनाको लागि पेशेवर ए-लिस्टको टिम राखेका छन् । यस टिममा मास्टरप्लान आर्किटेक्ट, स्ट्राटेजिक आर्किटेक्ट लगायत स्ट्रकचरल ईन्जिनियरहरु राखिएका छन् ।

यसअघि चेल्सीले अघिल्लो ३ सिजन अरु स्टेडियममा खेल्नु परेको थियो । ‘केन बेट्स’बाट सन् २००३ मा चेल्सी खरिद गरेका ‘एब्रामोविच’ले २०१३ जुन मा चेल्सीले स्ट्यामफोर्ड ब्रिजमा नै आफ्नो खेल खेल्न पर्ने हो भनेर निर्णय गरेका थिए । यस योजनाको एउटा कारण ‘एब्रामोविच’ले पछि गएर सो स्टेडियम आफ्नो २१ वर्षिय जेठा छोरा ‘आरकेडि’को नाममा राख्ने बताएका छन् । जेठा छोरा ‘आरकेडि’ पनि उनि जस्तै फुटबल प्रेमी हुन ।

चेल्सी क्लबको मालिक ‘रोमन एब्रामोविच’-

roman abramovichहेर्नुहोस सन् १९९३ को स्ट्यामफोर्ड ब्रिज स्टेडियम‍-

stamford bridge stadium 1993सन् १९५९ को स्ट्यामफोर्ड ब्रिज स्टेडियम‍-

stamford bridge stadium 1959प्रदर्शनको लागि राखिएको नया स्टेडियमको योजनाहरु-

stamford bridge stadium plansयो पनि हेर्नुहोस-

नेता – कलाकार बिचको फुटबल खेल | फोटो फिचर

खेलाडी जिस्क्याएको आरोपमा जारालाई फुटबल खेल्न प्रतिबन्ध