२३ जेठ, काठमाडौँ।
राजनीतिक दलका शीर्ष नेता र कलाकारबीच भएको मैत्रीपूर्ण फुटबलमा कलाकार टोली तीन गोलले विजयी भएको छ। भुकम्प पिडितहरुको लागि सहयोग जुटाउनको लागि यो खेल आयोजना भएको थियो।
कलाकार टोलीका तर्फबाट मध्यान्तरअघिको ३६औँ र मध्यान्तरपछिको ३९ र ४०औँ मिनेटमा गोल प्रहार भएको थियो । राजनीतिक दलका तर्फबाट गोल गर्ने दर्जनौँ प्रयास असफल भएपछि शून्यमा चित्त बुझाउनु परेको थियो ।
निकै उत्साहका साथ खेलको नियम पूर्ण पालना गर्दैै दुवै टोलीबीच घम्साघम्सी भएको थियो ।
काठमाडौँको तापक्रम ३२ डिग्री रहेको बेला सशस्त्र प्रहरी बलको मुख्यालय हल्चोकको मैदानमा राजनीतिज्ञ र कलाकारबीच भएको मैत्रीपूर्ण खेलले दर्शकलाई रौनकता प्रदान गरेको थियो ।
अपराह्न ३ः३० मा सुरु भएको सो प्रतियोगिता हेर्न उपस्थित दर्शकले दुबैतर्फका खेलाडीलाई गोल गर्न हौसला दिइरहेका थिए।
हेर्नुहोस् उक्त फुटबल खेलका केही झलकहरु,