१० साउन, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टी जतिसुकै चिच्याए पनि नयाँ संविधानमा हिन्दू राष्ट्र कायम नहुने बताएका छन् ।

काठमाडौंमा आज आयोजित कार्यक्रममा अध्यक्ष थापाले संविधानको मस्यौदामाथि सुझाव दिने नागरिकले हिन्दू धर्मको पक्षमा मत जाहेर गरेपनि नेपाली कांग्रेस र नेकपा एमालेमध्ये एक पार्टी संस्थागत रुपमा हिन्दू धर्मको पक्षमा नउभिएसम्म हिन्दू राष्ट्रको मुद्दा किनारा नलाग्ने बताएका हुन् ।

kamal thapa bhasan

पार्टीको एक्लो प्रयासले नयाँ संविधानमा हिन्दू राज्य सुनिश्चित गर्न नसकिने निश्चित देखेपछि राप्रपा नेपालले पार्टी इतरका व्यक्ति तथा संस्थालाई पनि हिन्दू धर्मको पक्षमा वकालत गर्न आग्रह गर्दै आएको छ ।