२६ साउन, काठमाडौँ ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनचाहना विपरीत आफ्नो नेतृत्वको सरकार परिवर्तन गरिएको बताएका छन् ।

आलोचना गर्नेहरुलाई प्रचण्ड पुत्र प्रकाशको जवाफ

प्रेस चौतारी नेपालले आज पार्टी कार्यालय धुम्बाराहीमा गरेको अन्तर संवाद कार्यक्रममा अध्यक्ष ओलीले कृत्रिमरुपमा सरकार परिवर्तन भएको उल्लेख गरे।

Kp oli speaking 11017716

“अघिल्लो सरकार परिवर्तन गर्नु कुनै आर्थिक, सामाजिक कारण थिएन । काम गर्न र शान्ति सुरक्षा कायम गर्न नसकेको आरोपमा पनि होइन,” उनले भने–“कामको लागि सरकार परिवर्तन आवश्यक थिएन ।”

भारतलाई चीनको चेतावनी- निहुँ नखोज, राम्रो हुँदैन

पूर्वप्रधानमन्त्री ओलीले आफ्नो सरकारले मुलुकको स्वाभिमान, राष्ट्रिय हित र विकास माथि उठाएको दावी गरे । उनले साम्प्रादायिक र राष्ट्रिय एकता भाड्ने खालका क्रियाकलाप भइरहेको भन्दै राजनीतिक र संवैधानिक तित्तता ल्याउने षड्यन्त्र भइरहेको आरोप लगाए ।

प्रचण्डलाई ओलीको जवाफ- निवेदन हाले श्रोत देखाइदिन्छु

अध्यक्ष ओलीले एमाले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने उल्लेख गर्दै भने– “सरकारका सकारात्मक कदम चाल्दा एमालेको साथ हुन्छ । तर त्यस्ता सकारात्मक काम हुने सम्भावना कम देखेको छु ।” उनले अहिलेको सरकारले १४ राजदूतको सिफारिस फिर्ता लिनु बेठिक भएको बताए ।

चौतारी अध्यक्ष गणेश बस्नेतको सभापतित्वमा सम्पन्न संवादमा एमालेका महासचिव ईश्वर पोखरेल, सचिव प्रदीप ज्ञवाली, प्रचार विभाग प्रमुख योगेश भट्टराई उपप्रमुख सूर्य थापाको उपस्थिति थियो । रासस