२६ साउन, काठमाडौं ।

चीनले भारतलाई साउथ चाइना सीको विवादबाट टाढै रहन सचेत गराएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको दिल्ली भ्रमणका क्रममा यो विषयमा अनावश्यक चासो नदेखाउन पनि चीनले भारतलाई सचेत गराएको छ ।

आलोचना गर्नेहरुलाई प्रचण्ड पुत्र प्रकाशको जवाफ

चीनको सरकारी सञ्चार माध्यम ग्लोबल टाइम्सले साउथ चाइना सीको विषयमा भारतको अनावश्यक संलग्नताले २ देशबीचको सम्बन्ध प्रभावित हुन नहुने भन्दै भारतलाई नचाहिने कुरामा निहँ नखोज्न चेतावनी दिएको हो ।

china president with modi

ग्लोबल टाइम्सले भनेको छ, ‘‘ भारतले यदि आर्थिक सहयोगका लागि राम्रो वातावरण बनाउन चाहन्छ भने वाङ यीको भ्रमणका क्रममा साउथ चाइना सीको विषयमा प्रवश नगरेकै राम्रो हुन्छ” ।

प्रचण्डलाई ओलीको जवाफ- निवेदन हाले श्रोत देखाइदिन्छु

क्षेत्रीय साझेदारीका लागि पनि अनावश्यक कुरामा निहुँ खोजेर चीनसँगको सम्बन्ध नविगार्नु नै चीनका लागि बुद्धीमानी हुने ग्लोबल टाइम्सको भनाइ छ ।

भारत र अमेरिकासँग झुकेन चीनः बरु युद्धका लागि तयार !

साउथ चाइना सीको विषयमा भारतले अनावश्यक पाखुरा सुर्किँदा दुई देशबीचको सम्बन्धमा समस्या आउने तर्फ पनि उक्त पत्रिकाले सचेत तुल्याएको छ ।

चीनबाट आएको संकेत प्रचण्डका लागि सुखद् !

चिनियाँ विदेशमन्त्री आगामी अगष्ट १३ मा नयाँ दिल्ली जाँदैछन् । भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेट गर्ने गरी दिल्ली जान लागेका उनको भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री चीन जाने विषयमा पनि कुरा हुन सक्ने बताइएको छ ।