३ जेठ, लिस्बन।

नेकपा एमालेकी केन्द्रिय सदस्य एवम युरोप इन्चार्ज रामकुमारी झाक्रीले जनजाती र मधेसीलाई इयू र भारतले उचालेको आरोप लगाएकी छन् । प्रवासी नेपाली मञ्च पोर्चुगलको चौथो सम्मेलनलाई राजधानी लिस्बनमा सम्बोधन गर्दै झाक्रीले यस्तो आरोप लगाएकी हुन् ।raj kumari jhakri urope

नेपाललाई परनिर्भर बनाइराख्न भारतले नेपालमा अन्तराष्ट्रिय लगानी भित्र्याउन नदिएको जिकिर गर्दै झाक्रीले भनिन्, त्यस्को अब सबै नेपालीले डटेर सामना गर्नुपर्ने बेला आएको छ ।

कार्यक्रममा प्रवासी नेपाली मञ्च जर्मनीका संस्थापक अध्यक्ष सन्तोष कुमार भट्टराईले प्रवासमा रहेका सम्पूर्ण नेपाली एक ढिका भएर अगाडि बढी राष्ट्र निर्माणमाका लागि सहयोग गर्नु पर्नेमा जोड दिए।

मञ्चको चौथो सम्मेलनले गोबिन्द पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्बिरोध निर्वाचित गरेको छ ।