३ जेठ, काठमाडौं ।

माओवादी घटकहरुसँग जेठ ६ गते राजधानीको भुकुटीमण्डमा पार्टी एकता गर्नको लागि एमाओवादी अध्यक्ष प्रचण्ड पार्टीको योजना बनाउन व्यस्त भएका छन् । प्रचण्डले आगामी दिन दिन कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी नहुने सचिवालयले बताएको छ ।

माओवादी घटकबीच १३ बुँदे सहमतिमा हस्ताक्षर भएपछि पार्टी एकता मार्फत प्रचण्डले आफ्नो पार्टीलाई बलियो शक्तिको रुपमा प्रस्तुत गर्न खाजेका छन् । दुई बर्षभित्र पार्टीलाई एक नम्बर बनाउने घोषणा गरेका प्रचण्डको सामु आठ महिना विति सकेको छ।

आगामी १६ महिनामा आफ्नो लक्ष्य पूरा गर्नको लागि प्रचण्डले माओवादी शक्तिहरुबीच एकताको थालनी गरेका छन् ।

प्रचण्डले पछिल्लो राजनीतिक अवस्थाको चिरफार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, एकताको आवश्यकता र आगामी कार्यभारबारे राजनीतिक प्रतिवेदनमा स्पष्ट पार्ने बताइएको छ । संगठनात्मक एकीकरण र यससम्बन्धी थप केही कुराहरु समेत उनको राजनीतिक प्रतिवेदनमा समेटिने जनाइएको छ ।

६ गते हुने भेलामा प्रचण्डले राजनीतिक प्रस्ताव पेस गर्नेछन् । प्रचण्डको प्रतिवेदनमा मोहन वैद्य किरण, विप्लव माओवादीलगायतका राजनीतिक शक्तिहरुका बारेमा समेत व्याख्या गर्नेछन् । भेला अघि पार्टीको संगठनात्मक संरचना भने घोषणा नहुने भएको छ ।