Chitra-Bahadur-KC३ असोज, म्याग्दी । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र संस्थागत गर्नका लागि तोकिएकै मितिमा संविधानसभाको निर्वाचन आवश्यक रहेको बताएका छन् ।

राष्ट्रिय जनमोर्चाको एकमहिने राष्ट्रिय प्रचारात्मक अभियानअन्तर्गत सदरमुकाम बेनीमा आज आयोजीत पत्रकार सम्मेलनमा उनले वर्तमान सङ्क्रमणकालको अन्य गरी दलीय व्यवस्था, शक्ति सन्तुलन र जनताका प्रतिनिधिबाटै संविधान निर्माणका लागि निर्वाचनको विकल्प छैन भने । रासस