१ फागुन, काठमाडौं ।

नयाँ शक्ति अन्तरिम केन्द्रीय परिषद्का संयोजक डा. बाबुराम भट्टराईले जनयुद्ध दिवस (फागुन १ गते ) को उपलक्ष्यमा वीर शहीद, वेपत्ता योद्धाहरू र घाइतेर अपांगहरूमासम्मान तथा अभिवादन व्यक्त गर्दै जनयुद्धको जगमा उभिएर नयाँ र समृद्ध राष्ट्र निर्माणमा लाग्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत माओवादी जनयुद्धकै जगमा सम्पन्न जनआन्दोलन र मधेसर थरुहट र जनजाति आन्दोलनको योगफल स्वरुप देशमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी र समानुपातिक लोकतन्त्र प्राप्त भएको भन्दै उनले ती उपलब्धिको जगमा उभिएर हामीले समृद्ध र शान्त नयाँ नेपाल निर्माण गर्नुपर्ने बताएका हुन् ।

आफू संयोजक रहेको नयाँ शक्ति, नेपाल त्यही लक्ष्यमा समर्पित रहेको दावी गर्दै उनले इतिहासका सबै सकारात्मक कडीहरुलाई जोड्दै र कसैप्रति कुनै पूर्वाग्रह नराखी नयाँ सोंच र नयाँ राष्ट्रिय एकता भावका साथ अघि बढ्न सम्पूर्ण राजनीतिक शक्तिहरु र आम जनसमुदायलाई समेत उनले अपिल गरेका छन् ।