२८ साउन, काठमाडौं ।

माओवादी सांसद तथा ब्यवस्थापिका संसदको लेखा समितिका सभापति जनार्दन शर्माले लेखा समितिको सभापति पदबाट राजिनामा दिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निकट मानिने शर्मा मन्त्री हुने निश्चित जस्तै भएपछि उनले लेखा समितिको सभापतिबाट राजिनामा दिएका हुन् ।

 

साउदी दुई शहरमा निशाना बनाएर हानियो मिसाइल !
janardan sharma

फाइल तस्बिर

सिंहदरवारमा शुक्रबार बसेको बैठकमा उनले राजीनामा घोषणा गरेका हुन्। संसदको लेखा समितिमा प्रतिपक्षी दलको सांसद सभापति हुने प्रचलन छ । सभापति चयन हुने समयमा माओवादी प्रतिपक्षमा रहेको थियो ।

अव प्रतिपक्षमा रहेको एमालेबाट लेखा समितिको सभापति चयन हुने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निकट मानिने शर्मा मन्त्री हुने निश्चित जस्तै भएपछि उनले लेखा समितिको सभापतिबाट राजिनामा दिन लागेका हुन् । यद्यपी शर्मा के मन्त्री बन्ने भन्ने टुङ्गो माओवादीमा लागिसकेको छैन । चर्को विवादपछि मन्त्री छान्ने जिम्मा अध्यक्ष प्रचण्डले आफै पाएका छन् । शर्मा सँधै प्रचण्ड निकट रहेर काम गरेका नेता हुन् ।

प्रधानमन्त्री भएको १० दिनमै प्रचण्डको अर्को क्रमभंगता

मन्त्रीका निश्चित दावेदार

केपी ओली नेतृत्वको सरकार ढाल्ने पात्र मध्येका एक पात्र हुन माओवादीका नेता जनार्दन शर्मा । उनले ओली नेतृत्वको सरकारमा गृह मन्त्री हुनुपर्ने अडान राखेका थिए । यसअघि कृष्णबहादुर महरा गृहमन्त्री बन्ने निश्चित भएपनि शर्माकै कारण ब्याक भएका थिए ।

JANARDAN SHARMA

महरा र शर्माको टकराबको कारण शक्ति वस्नेतलाई गृहमन्त्रीको चिट्टा परेको थियो । यस पटक पनि महरालाई रोक्न शर्माले प्रचण्डलाई निकै ठूलो दबाब दिएका थिए । शर्मा मात्र होइन ओली सरकार ढाल्ने खेलाडी बर्षमान पुनले पनि शर्मालाई नै गृहमन्त्री बनाउन दबाब दिएपछि अन्तिम समयमा आएर शर्मा र पुन ब्याक भएका छन् ।