२८ साउन, एजेन्सी ।

विहीबार अष्ट्रेलियाको पर्थका बासिन्दा चकित परे । आफ्नो शहरको आकाशमा सुनौलो जेट उडेको देखेपछि उनीहरुलाई पत्यार नै लागेन । सुनको जेट आकाशमा उड्दा उड्दै पर्थ विमानस्थलमै ओर्लियो ।

साउदी दुई शहरमा निशाना बनाएर हानियो मिसाइल !

उक्त जेटमा मलेसियाली राजा सुल्तान जोहर इब्राहिम इस्माली र उनकी पत्नी राजा जारिथ शोफिया थिइन् । उनीहरु विहीबार सुनको जहाज चढेर अष्ट्रेलियाको पर्थ पुगेको सिन्हुवा समाचार समितिले जनाएको छ ।

golden jet malasian sultan

५७ वर्षीय सुल्तानले आफू र आफ्नी पत्नीले पश्चिम अष्ट्रेलियामा लामो विदा मनाएको बताएका छन् । त्यहाँ मानिसहरुले ख्याल नगर्ने भएकाले त्यहाँ विदा मनाउन गएको उनले बताए ।

लाजिम्पाट बैठकः मन्त्री नभएका नेताको दादागिरी !

इस्माली आफ्नो सुनौलो बोइङ 737 जेट चढेर पश्चिम अष्ट्रेलिया पुगेका थिए । विमानलाई १०० मिलियन अमेरिकी डलर पर्ने अनुमान गरिन्छ ।

भारत र अमेरिकासँग झुकेन चीनः बरु युद्धका लागि तयार !

उनको पर्थमा ३ तल्ले विशाल बंगला पनि छ । उनले ६ दशमलव ५ मिलियन डलरमा अष्ट्रेलिया सरकारसँग यो खरिद गरेका थिए । इस्मालीको कूल सम्पति १ अर्व डलर भन्दा बढी भएको विश्वास गरिन्छ ।