१९ जेठ, काठमाडौं ।
देउवा नेतृत्वको सरकारमा जनर्दन शर्मा र गगन थापालाई पुनः मन्त्री बनाइने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच अर्थ र गृह मन्त्रालय साटने बाहेक अन्य मन्त्रालय यथावत राख्ने सहमति भएको छ ।

प्रचण्ड र देउवाबीच उर्जामन्त्री जनार्दन शर्मा र स्वाथ्य मन्त्री गगन थापालाई निरन्तरता दिने सहमति भएको प्रचण्डको सचिवालयले बताएको छ । प्रचण्ड नेतृत्वको सरकारमा राम्रो काम गरेको भन्दै शर्मा र थापाको अहिले पनि सर्वत्र चर्चा छ । शर्माले बर्षौदेखि रहेको लोडसेडिङ हटाएर उज्यालो नेपालको सुरुवात गरेर चर्चा बटुलेका छन भने थापाले स्वास्थ्य क्षेत्रमा उल्लेखनिय काम गरेर जनताको मत जितेका छन् ।

प्रचण्ड नेतृत्वको सरकारमा उत्कृष्ट काम गरेको भन्दै प्रचण्ड र देउवाले दुवै मन्त्रीलाई निरन्तरता दिनुपर्ने सहमति गरेका छन् । देउवा र प्रचण्डबीच गृह र अर्थ बाहेक अन्य मन्त्रालय यथावत राख्ने भन्ने विषयमा पनि मोटामोटी सहमति जुटेको छ ।