२७ कात्तिक, उदयपुर । कटारी नगरपालिका ११ गोठडाँडामा गएराति भरुवा बन्दुकको छर्रा लागेर ५० वर्षीय शंकर राउतको मृत्यु भएको छ ।

सिकार खेल्न जाँदा भरुवा बन्दुकको गोली राउतलाई लागेको बताइएपनि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कटारीका डिएसपी प्रेम सागर केसीले बताए ।

‘गोली कसरी लाग्यो, कसले चलायो भन्ने विषय पत्ता लगाउनको लागि थप अनुसन्धान गरिरहेका छौं ।’ केसीले भने । घटनाको वास्तविकता अनुसन्धानपछि मात्रै खुल्ने डिएसपी केसीले बताए ।

दुई जनालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएपनि अन्य फरार रहेका छन् । शवलाई पोस्टमार्टमाको लागि जिल्ला अस्पताल कटारी ल्याइएको छ ।