२७ कात्तिक, काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग)को लागि नेपालको एकमात्र अन्तर्राष्ट्रिय फुटबल रंगशाला निर्माणमो अन्तिम चरणमा पुगेको छ ।

सामान्यतर्फको प्याराफिट राखिसकेको नेपाल खेलकुद परिषद्ले भीआईपीतर्फको प्याराफिट राख्दैछ । खेलकुद मन्त्रीसहित टीम दिनभर दशरथ रंगाशालामा बसेर कामको निरीक्षण गरिरहेका छन् ।

मंसिर पहिलो साता रंगाशाला तयार पार्ने लक्ष्यका साथ काम गरिरहेको निर्माण टीमले उक्त समयमा काम सकिनेमा आशावादी छ । साउथ एसियन गेम्सको उद्घाटन समारोह यहि रंगशालामा हुने भएकोले पनि रंगशाला निर्माणको काम धमाधम चलिरहेको छ ।

सबै तस्बिरः रोसन सापकोटा/रासस