१५ मंसिर, नेपालगञ्ज ।

सोमबार राति देखि तनावग्रस्त रहेको नेपालगञ्ज नजिकै रहेको नेपाल-भारत जमुनाह नाकामा मंगलबार विहानै देखि तनाव बढेको छ ।

सुरक्षाकर्मीले हटाएका आन्दोलनकारीले दशगजामा बसेर धर्ना दिएर नारावाजी समेत गर्न थालेपछि तनाव बढेको हो ।

Jamuniya Naka

सोमबार राति जमुनाह नाकामा नेपाली सुरक्षाकर्मी र आन्दोलनकारीबिच झडप भएपछि भारतीय सुरक्षाकर्मीले समेत दशगजा भन्दा उताको क्षेत्रबाट आन्दोलनकारीलाई विस्थापित गरेको थियो ।

Rupaidiya Naka

आन्दोलनकारीले भारतीय भूमिमा प्रवेश गरेर नेपाली सुरक्षाकर्मीमाथि आक्रमण गर्न थालेपछि भारतीय सुरक्षाकर्मीले उनीहरुलाई हटाएको थियो । दशगजामा अहिले पनि आन्दोलनकारीले नारावाजी र धर्ना जारी राखेका छन् ।

आन्दोलनकारीले प्रहरीमाथि पटक पटक पेट्रोल बम समेत प्रहार गरेको स्थानीय प्रशासनले जनाएको छ ।

भारतीय राजदुतलाई देश निकाला गर्न माग गर्दै संसदमा नारावाजी

 

एमाओवादीको केन्द्रीय समिति बैठक आजदेखि, मधेस आन्दोलन र नाकाबन्दी प्रमुख मुद्दा