१५ मंसिर, एजेन्सी।

सिरियामा इस्लामिक स्टेट विरुद्ध आक्रमण जारी राखेको रुसलाई उत्तरपश्चिम सिरियाका नागरिक माथी सेतो फस्फोरस खसालेको आरोप लागेको छ।

russia using chemical weapon in syria (4)

जेनेभा महासन्धिले यो रसायनिक हतियारलाई प्रतिबन्ध लगाएको थियो। निकै विषालु हुने साथै छाला र हाड समेत जलाउने फस्फोरस आकासबाट खसालिदै गरेको तस्बिरहरु सार्वजनिक भएपछि रुसलाइ यस्तो आरोप लागेको हो।

विश्व ध्वस्त गर्न सक्ने ५ हतियार

सेतो फस्फोरस सेनाले रातीको समयमा निशाना चिन्नको लागि बाल्ने गर्दछन् साथै दिनमा स्मोकस्क्रिनको रुपमा प्रयोग गरिने गरेको छ।

russia using chemical weapon in syria (2)

ट्वीटरमा सेयर भएका ती तस्बिरहरुको बारेमा आधिकारिक धारणा भने आइसकेको छैन।

इस्लामिक स्टेटलाई निशाना बनाउने क्रममा दुइ सिरियन नागरिक भएको गाँउमा समेत रुसले आक्रमण गरेको प्रत्यक्षदर्शी बताएको डेलीमेलले जनाएको छ।

russia using chemical weapon in syria (1)

यो रसायनले मुटु, कलेजो र किड्नीलाई ठुलो क्षति पुर्याउँछ। अन्तत: यसले मानिसको ज्यान लिने गर्छ।

यसैक्रममा रुसका राष्ट्रपति भ्ल्यादमिर पुटिन र बाराक ओबामा बिच पेरिसमा भइरहेको जलवायु परिवर्तन सम्मेलनमा भेटवार्ता भएको छ।

उनीहरु बीच सिरिया र युक्रनको विवादको विषयमा कुरा भएको बताइएको छ।

barak obama and putin

साथै टर्कीले खसालेको रुसको युद्धक विमानमा मारिएका पाइलटको मृत्यु प्रति ओबामाले पछुतो मानेको समेत बताइएको छ।

रुसको हवाइ आक्रमणबाट अहिले सम्म १५०२ नागरिक मारिएको एक मानव अधिकारवादी संस्थाले बताएको छ। जसमा केवल २८ प्रतिशत (४१९ जना) मात्र इस्लामिक स्टेट सम्बन्ध भएको बताइएको छ तर रुसका राष्ट्रपतिले भने रुसले केवल इस्लामिक स्टेट र अन्य ‘आतंककारी’ लाई मात्र निशाना बनाएको दाबी गरेका छन्।

पश्चिमी अधिकारीहरुले भने रुसले इस्लामिक स्टेटको प्रभाव कम भएको ठाउँमा समेत आक्रमण गर्ने गरेको दाबी गरेका छन्।

यो पनि पढ्नुस्।

टर्कीमाथि रुसको आर्थिक नाकाबन्दी, युद्धको खतरा झनै बढ्यो