२४ साउन, एजेन्सी । जम्मू–कश्मीरमा अब सामान्य अवस्थामा आएको छ । उधमपुर र साम्बापछि अब शुक्रबार जम्मूमा पनि धारा १४४ हटेको छ । जम्मूमा शनिबारदेखि स्कुल–कलेज खुल्नेछ भने कश्मीरको अवस्था पनि विस्तारै सामान्य भइरहेको आजतकले लेखेको छ ।

राज्यपाल सत्यपाल मलिकले शुक्रबार कश्मीरको केही भाग घुमेपछि त्यहाँको अवस्थामा सुधाार आएको बताए । तर अहिलेसम्म इन्टरनेट सेवा भने सुचारु भएको छैन ।

धारा १४४ मा रान्यमा हिंसा फैलिने अवस्था आएमा संकटकाल घोषणा गरी कर्फ्यू लगाउने व्यवस्था छ । धारा ४४ लागू भएपछि मानिसहरु एकैठाउँमा जम्मा हुन नपाउने, त्यस क्षेत्रमा हतियार लान र ल्याउन प्रतिबन्ध, बाहिर घुम्न वा निस्कन प्रतिबन्ध लाग्नुको साथै यातायात सञ्चालनमा पनि रोक लगाइन्छ ।