१४ असोज, काठमाडौं । सिंगापुरमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय टि ट्वेन्टी क्रिकेट प्रतियोगितामा नेपालले जिम्बावविरुद्ध पहिलो विकेट लिएको छ ।

टस जितेर पहिला बलिङ गरेको नेपालका लागि सन्दिप लामिछानेले ब्रन चरीलाई आउट गरेका हुन् । उनले पहिलो ओभरमा एक विकेट लिएर एक रन दिए । नेपाललाई आज टेष्ट मान्यताप्राप्त जिम्बावेसँग अघिल्लो खेलको हारको बदला लिने मौका पनि छ ।

नेपालले जिम्बावेसँगको पहिलो खेलमा टस जितेर पहिला ब्याटिङ गर्दा ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले सिंगापुरविरुद्ध ९ विकेटको सानदार जित दर्ता गराएको थियो ।