१४ असोज, काठमाडौं । सिंगापुरमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय टि ट्वेन्टी क्रिकेट प्रतियोगितामा नेपालले आज जिम्बावेसँग प्रतिष्पर्धा गर्दैछ ।

खेल नेपाली समय अनुसार बेलुकी सवा ५ बजे सुरु हुनेछ । नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ । नेपाललाई आज टेष्ट मान्यताप्राप्त जिम्बावेसँग अघिल्लो खेलको हारको बदला लिने मौका पनि छ । नेपालले जिम्बावेसँगको पहिलो खेलमा टस जितेर पहिला ब्याटिङ गर्दा ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले सिंगापुरविरुद्ध ९ विकेटको सानदार जित दर्ता गराएको थियो ।