२२ असार, बागलुङ ।

बागलुङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ८ जना घाईते भएका छन् । बिहान ध १ ज १८८ नम्बरको जीप काठेखोला गाउँपालिका वडा नम्बर–७ रेश जिरेदीमा दुर्घटना हुदाँ स्थाीय काठेखोला–७ का ८ बर्षीय बालक दिपक कार्की र सोहि ठाउँका २५ वर्षीय लालबहादुर थापाको मृत्यु भएको प्रहरी नायब उपरिक्षक अनिल खड्काले जानकारी दिए ।

घाईतेको अहिले धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भईरहेको छ । दुर्घटनाको बारे अनुसन्धान भईरहेको बागलुङ प्रहरीले जनाएको छ । १० यात्रु सवार जीप अनियन्त्रित भई सडकबाट २ सय मिटर तल खसेको हो ।