१७ मंसिर, एजेन्सी।

छोरी जन्मेको उपलक्ष्यमा आफ्नो ९९ प्रतिशत सेयर दान गर्ने घोषणा गरेका फेसबुकका मालिक मार्क जुकरबर्ग अहिले चर्चमा छन्। त्यतिका पैसा दान गर्ने घोषणा प्रति मानिसहरु फेसबुकमार्फत नै उनलाई बधाइ दिदैछन्। तर यो संगै उनले दान गरेका हुनकी व्यवसाय हो भन्नेमा भने प्रश्न उठ्न थालेको छ।

जुकरबर्गले फेसबुकमा रहेको आफ्नो ९९ प्रतिशत सेयर (४५ बिलियन डलर) चान जुकरवर्ग इनिसिएटिभ नामको संस्थाबाट दान दिने घोषणा गरेका थिए।

mark and his daughter

जुकरबर्गलाई छोरी जन्मको खुसी, आफ्नो ९९ प्रतिशत सेयर दान गर्ने घोषणा

‘चान जुकरबर्ग इनिसिएटिभ’ नामको प्रोजेक्ट सिमित दायित्व भएको निजी कम्पनीको रुपमा संरचित गरिएको छ। भएआएका परोपकारी संस्था जस्तो हुनेछैन चान जुकरवर्ग इनिसिएटिभ। यसले राजनीतिक डोनेसको साथै कुनै व्यवसायमा लगानी समेत गर्न पाउनेछ साथै त्यसबाट आएको फाइदा पनि लिनेछ।

‘उनीहरुले परम्परागत परपकारी संस्था जस्तो व्यवहार गरेका छैनन्’, लेस्ली लेनकोवस्की, इन्डियाना युनिभर्सिटीकी प्रोसेसरले भनिन्, ‘तर व्यावसायिक संरचनाबाट परोपकारी उपलब्धि हासिल गर्न कोसिस गर्दैछन्।’

माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सले पनि यस्तै एक परोपकारी संस्था स्थापना गरेका थिए। गेट्सको यो संस्थाले गैर-नाफामुलक संस्थालाई सहयोग गर्ने गर्छ। साथै वर्षमा कुल लगानीको ५ प्रतिशत पैसा सहयोग दिनै पर्ने नियम छ। यो नियम भने जुकरवर्गको संस्थालाई लागु हुने छैन। गेट्सको जस्तो नाफा नलिने संस्थाले कर तिर्नुपर्दैन तर फेसबुकले भने नाफा लिएपश्चात कर तिर्नुपर्ने हुन्छ।

फेसबुकको निर्यणमा पुरै स्वामित्व राख्ने ‘भोटिङ पावर’ भएका ३१ वर्षिय जुकरवर्गले भविष्यलाई हेरी निर्णय सन्तुलन राख्ने समेत बताएका छन्।

जुकरबर्ग र चानको यो संस्थाले कस्तो सस्था र कारणलाई सहयोग गर्ने भनि निर्णय गरिसकेको छैन तर उनीहरु रोग निवारण गर्ने, प्राविधिक शिक्षा र इन्टनेटको पहुँचलाई बढाउने सुरुवाती मनस्थितीमा छन्। जुकरवर्गको फेसबुक स्टाटसबाट उनीहरुले कस्तो क्षेत्रमा दान केन्द्रित गर्छन भन्ने थाहा पाउन सकिन्छ।

जुकरबर्ग र उनीकी पत्नी चानले सन् २०१० मा पहिलो ठुलो दान गरेका थिए। १०० मिलियन डलरको उक्त रकम नेवार्क स्थित सार्वजनिक स्कुल सुधार्न दिइएको थियो।

हालसालै पनि २० मिलियन डलर कक्षा कोठालाई इन्टरनेटसंग जोड्न र सान फ्रान्सिस्को जेनेरल हस्पिटलको उपचार पद्धती सुधार्न जुकरबर्गले दान गरेका थिए।