एजेन्सी।

अपराधिलाई सजायँ दिन राखिने जेलमा पाँच तारे होटलको भन्दा पनि बढी सुविधा उपलब्ध छ भन्दा तपाइलाई पत्यार नलाग्न सक्छ तर यो बास्तविकता हो ।luxury suite cell paraguay 10265848

पाराग्वेको ताकुम्बा नामक जेलमा एक कैदी आलिसन कक्षमा सानदार तरिकाले सजायँ काट्दै आएका थिए ।luxury suite cell paraguay 11357788

तीन वटा कोठाको आलिसान कक्षमा एलइडी टिभी, कन्फ्रेन्स रुम, लाइब्रेरी, किचन एयर कण्डिसनर, आरामदायीसोफा, छुट्टाछुट्टै बाथरुमलगायतका सुविधा थिए । तर प्रहरीले छापा मार्ने क्रममा यस्तो सुविधा भेटेपछि प्रहरीले त्यसलाई नष्ट गरेको छ ।luxury suite cell paraguay 12376468

जेलभित्रै यतिधेरै सुविधा भोग गरिरहेका सौखिन कैदी हुन्, ब्राजिलका लागूऔषध कारोबारी जर्विस चिमेनेस पवाओ । उनी जेल तोडेर भाग्दैछन् भन्ने सूचनाका आधारमा प्रहरीले छापा मार्दा यस्तो खुलासा भएको हो । उनलाई यस्तो सुविधा जेलका कुन अधिकारीले दिए भन्ने बारे अहिले अनुसन्धान भइरहेको छ ।luxury suite cell paraguay 13392368

यो कोठामा बस्न चाहनेले पवाओलाई सयौं डलर भाडा तिर्नुपर्ने कैदीहरुले बताएका छन् । उनको सजायँ अर्काे बर्ष पूरा भएर ब्राजिललाई सुपुर्दगी गर्ने विषयमा सुनुवाई हुने तय भएको थियो ।

अहिले उनलाई ताकुम्बु जेलको आलिसान कक्षबाट टाढा राजधानी असुनसियान नजिकै एक विशेष युनिटमा राखिएको छ ।

थप तस्बिर:

luxury suite cell paraguay 14408788 luxury suite cell paraguay 17459908 luxury suite cell paraguay 16439258 luxury suite cell paraguay 15425198