१८ साउन, रत्ननगर (चितवन)।
दक्षिण चितवनको माडीका एक युवाको सुतेकै अवस्थामा मृत्यु भएको छ ।

खाना खाएर सुतेका माडी वनकठ्ठाका २७ वर्र्षीय अविरल दराई सोमबार सुतेकै अवस्थामा मृत भेटिएको इलाका प्रहरी कार्यालय माडीले जानकारी दिएको छ ।

बिहान अबेरसम्म नउठेपछि हेर्दा उनी मृत भेटिएको उनका परिवारलाई उद्धृत गर्दै माडी प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय माडीले उनको शवको मुचुल्का उठाई परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

स्थानीय घननाथ सापकोटाले घटना शङ्कास्पद रहेको भन्दै मृत्युको कारण यकिन नभएको बताउनुभयो । प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको जनाएको छ । रासस