१७ असोज, एजेन्सी ।

भारत – पाकिस्तानबीच तनाव उत्पन्न भएको छ । यसका कारण केही राजनीतिक दलले बलिउडका पाकिस्तानी कलाकारमाथि प्रतिवन्ध लगाउन माग गरेका छन् । बलिउडकै दुई हस्ती सलमान खान र करण जौहरले यस्तो मागको विरोध गरेका छन् । amitabh bachchan 533413
यस्तोमा बलिउडको ‘शहंसाह’ मानिने अभिताभ वच्चन भने प्रतिवन्ध जो सुकै माथि लागोस्, आफूले मान्ने बताउँछन् । उनी भन्छन् ‘हाम्रो सरकार र एशोशियनले जे निर्णय गर्छ त्यो हाम्रो लागि मान्य छ । यदी सरकारले कुनै खास कलाकार विशेषसंग काम नगर्नु भन्यो भने त्यो मान्छौ र गर्दैनौं ।’

उनले अघि भने ‘सनु १९७६ मा एशोशियसनले केही कलाकारलाई प्रतिवन्ध लगाएको थियो । यो प्रतिवन्धमा केही कलाकारले १ वर्षमा ६ वटासम्म मात्र फिल्म खेल्न पाउने भन्ने थियो, त्यो सबैले पालना गरेको थिए ।’ उनी थप्छन् ‘जब आफ्नै देशको खास कलाकारमाथि प्रतिवन्ध लगाउन सकिदों रहेछ र सबैले पालना गर्छन भने अन्य जो सुकैमाथि लगाउन किन सक्दैन । हामीले त्यसलाई मान्नु पर्छ ।’

भारतीय सेनाले गरेको ‘सर्जिकल स्ट्राइक’ पछि उनले ट्वीट गर्दै भनेका थिए ‘भारतीय सेनालाई नजिस्क्याउ ।’ तर उनले यसलाई पाकिस्तानमाथिको कटाक्ष नभएको बताउँछन् । उनले भने ‘यो त मेरो फिल्म ‘मेजर साहब’ को डाइलग हो ।’

पत्रकारसंग लामो कुरा गरेका अभिताभले कुराकानीको दौरानमा एक पल्ट पनि मोदी र उरीको नाम लिएनन् । आजको ८ दिनपछि अर्थात ११ अक्टुबरमा अभिताभ ७४ वर्ष पुरा गर्दैछन् ।

यो पढ्नुस्।

बलिउडका यी ७ जोडी एक दोस्रोलाई देख्न सम्म चाहदैनन्

देशको अगाडि कलाकार किरा,फट्याङ्ग्रा: नाना पाटेकर

भारतीय पत्रिकाले लेख्यो, ‘नेपालले पनि पाकिस्तानको विरोध गर्यो’