१७ असोज, काठमाडौं ।

चर्चित भारतीय पत्रिका हिन्दूस्तानले नेपालले पनि पाकिस्तानको विरोध गरेको जनाएको छ । आइतबार परराष्ट्र मन्त्रालयबाट जारी विज्ञप्तिमा पाकिस्तानको नाम उल्लेख नगरी विरोध गरिएको २ अक्टोवरमा प्रकाशित हिन्दूस्तानले उल्लेख गरेको छ ।  pakistan-india-map
सो पत्रिकामा भनिएको छ ‘नेपालले पाकिस्तानको नाम नलिई आरोप लगाएकोे छ , उसले यस्तो वातावरण वनाए कि सार्क सम्मेलन आयोजना गर्न उपयुक्त छैन ।’ नेपालले सार्क सम्मेलनका लागि पाकिस्तानको वातावरण अनुकुल नभएको वताएको सो पत्रिकामा उल्लेख छ ।

सो पत्रिकाले परराष्ट्रको विज्ञप्तिको हवाला दिदैं भनेको छ ‘नेपालले सार्क सदस्य देशहरूले आफ्नो भूमि सीमापार आतंकवादलाई बढावा दिन प्रयोग हुन नदिन सुनिश्चित गर्नु पर्छ भन्ने आफ्नो मत रहेको जनाएको छ ।’

हिन्दूस्तानले नेपालले भारत प्रशासित काश्मिरको उरीमा भएको आतंककारी आक्रमणको दाहोर्याएर भत्सर्ना गरेको समाचारमा उल्लेख गरेको छ । सो पत्रिकाले नेपालले १९ औं सार्क सम्मेलनका लागि सदस्य देशहरूसंग वार्ता गर्ने जनाएको पनि उल्लेख गरेको छ ।

यो पढ्नुस्।

देशको अगाडि कलाकार किरा,फट्याङ्ग्रा: नाना पाटेकर

बजारबाट उठाइएको सामसुङका सेट फेरी बजारमा

मधेस आन्दोलनका मुद्दा: बल्ल मिसिल पल्टिँदै

कश्मिरकै अर्को सैन्य क्याम्पमा आक्रमण, आतंककारी सहित सेनाका जवान मारिए