१६ भदौ, काठमाडौं । स्याङजामा एक ज्वाँईले ससुरालाई चिर्पट प्रहार गरेका छन् ।

ससुरा नाता पर्ने ७० वर्षीय पूर्ण बहादुर नेपालीलाई चिर्पट प्रहार गरी घाइते बनाएको अभियोगमा विरुवा गाउँपालिका–१ बर्जा बस्ने ४१ वर्षीय शुक बहादुर नेपालीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी बिरूवाबाट खटिएको प्रहरीले शुकबहादुरलाई पक्राउ गरेको हो । घाइते पूर्ण बहादुरको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।