१६ भदौ, बाँके । जिल्लाको कोहलपुरमा गोली चलेको छ । एक फरार अभियुक्तलाई पक्राउ गर्नको लागि प्रहरीले गोली चलाएको हो । चोरी तथा डकैती मुद्धामा ६ वर्ष कैद र २७ हजार ९ सजाय सुनाइएका फरार अभियुक्ता बाँके बैजनाथ गाँउपालिका–४ का नरेन्द्र न्यौपानेलाई प्रहरीले गोली हानी नियन्त्रणमा लिएको छ ।

८ वर्षअघि चोरी तथा डकैती अपराधमा ६ वर्ष कैद सजाय भए लगत्तै फरार भएका न्यौपानेलाई सोमबार नेपालगन्जस्थित राँझा विमानस्थल नजिकै भेटिएको थियो । प्रहरीले नियन्त्रणमा लिने क्रममा भाग्न खोजेपछि प्रहरीले फायर खोलेको ईलाका कार्यालय कोहलपुरले जनाएको छ । न्यौपानेको देब्रे गोडामा गोली प्रहार गरेको थियो ।

घाइते न्यौपानेलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको र उनको अहिले उपचार भइरहेको छ ।