गोकुल बानियाँ
७ भदौ पोखरा । एकिकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दोस्रो संबिधानसभाबाट संघिय गाणतन्त्रात्मक संबिधान नबने तेस्रो संबिधानसभाको निर्बाचन नहुने ठोकुवा गरेका छन् ।

तमु राष्ट्रिय मुक्ती मोर्चाको तेस्रो राष्ट्रीय सम्मेलनलाई आज पोखरामा उद्घाटन गर्दै प्रचण्डले तेस्रो संबिधानसभा होला भनेर नसोच्न आग्रह गरेका छन् । यसअघि आफ्नो आत बलियो नभएकाले संबिधान बनाउन नसकेको भन्दै उनले अबको निर्बाचनमा आफुलाई बलियो बनाउन आग्रह पनि गरे । ‘ यो निर्बाचनबाट मेरो हात बलियो बनाउनुहोस् उनले भने कुनै झलनाथ र मधेशीको बैशाखी टेक्न नपरोस् ।

’ यसअघि कुनै राजनितिक दलले बहुमत नल्याएकोले संबिधान बन्न नसकेको र स्थायी सरकार नहुदा बिकास निर्माणको काम पनि अघि नबढेको उनले बताएका छन् । पहिचान सहितको संघियता बिरोधीहरुले जातिय दंगा फैलाएर गुमेको सांराज्य फिर्ता गर्ने षड्न्त्र गरिरहेको उनको आरोप छ ।

नेता डा. बाबुराम भट्टराईले जातिय पहिचान सहितको संघियता जारी गर्ने पक्षमा कुनै आशंका नरहेको बताए । एकल जातिय पहचानको मुद्धाको बिरुद्धमा आफुले नबोलेको भन्दै उनले यसअघि घोषित राज्यनै चुनाबको एजेण्डा हुने दाबि गरे ।