३ चैत,काठमाडौ। टि-२० विश्वकपमा भारतले न्युजिल्याण्डसंग नमिठो पराजय बेहोरेको छ। गए राति खेलिएको खेलमा न्युजील्याण्डले स्पिन बलिडको मद्दतले भारतलाई घरेलू मैदानमै धुलो चटाइदिइको हो।

प्रतियोगिताकै एक प्रमुख दावेमार मानिएको भारतको पुरै टिम मात्र ७९ रनमा समेटिँदा प्रशंसकहरु स्तब्ध बनेका थिए। टस जितेर पहिले ब्याटिङ गरेर मात्र १२६ रनको स्कोर खडा गरेको थियो। तर त्यही झिनो  लक्ष्य पनि भारललाई भारी पर्न गयो।

न्युजिल्याण्डले १२६ रनको स्कोरमा कोरी एण्डरसनले सर्वाधिक ३४ रनको योगदान दिएका थिए।india team latest

१२७ रनको लक्ष्य सहित मैदानमा उत्रिएको भारतको ब्याटिङ न्युजिल्याण्डको धारदर बलिङसामु नराम्री धरमराएको थियो। भारतका एकसे एक घघडान ब्याट्सम्यानहरु एक पछी अर्को गर्दै ढलेका थिए।

न्युजिल्याण्ड तीन स्पिनर नाथन म्याकुलम, मिचेल स्यानटर र इश सोधीले भारतीञ ब्याट्सम्यानलाई टिक्नै दिएनन। उनिहरुले क्रमश २, ४ र ३ विकेट लिएका थिए। भारतका लागि कप्तान महेन्द्र सिंह धोनीले सर्वाधिक ३० रन बनाएका थिए।

खेलमा न्युजिल्याण्डका मिचेल स्यानटर म्यान अफ द म्याच घोषित भए ।