३ चैत, एजेन्सी ।

आफ्नै भूमिमा जारी टी-२० विश्वकप क्रिकेटअन्तर्गत पहिलो खेलमै आयोजक भारतलाई गम्भिर झट्का लागेको छ । मंगलबार देखि शुरु भएको विश्वकपमा सुपर टेनको पहिलो खेलमै भारत न्युजिल्याण्डसँग ४७ रनको फराकिलो र लज्जास्पद हार ब्यहोर्न बाध्य भयो ।

केवल १२७ रनको लक्ष्य पाएको भारतले २० ओभर मात्र खेल्न सकेन । २ खेलाडीले मात्र सामान्य स्कोर बनाएको भारतीय टिम १८ दशमलव १ ओभरमा ७९ रन बनाएर अल आउट भएको थियो ।

उता न्युजिल्याण्डका मिचेल सन्टनरले भने चार विकेट लिए ।

mahendra dhoni

खेल हारेपछि बोल्दै भारतीय कप्तान महेन्द्र सिंह धोनीले ब्याटिङ लाइन फेल हुँदा टिम पराजित भएको बताए । आफ्नो टिमले न्यूजिल्याण्डलाई कम स्कोरमै रोकेर राम्रो बलिङ प्रदर्शन गरेपनि ब्याटिङ लाइन भने पुरै असफल भएको उनको भनाइ छ ।

भारतीय ब्याट्सम्यानको शट सेलेक्सन समेत गलत देखिएको धोनीले बताए ।

भारत हारेमा कपडा खोलेर नाच्ने पाकिस्तानी अभिनेत्रीको घोषणा (भिडियो सहित)
को हुन् भारतले हारे नाङ्गिने घोषणा गरेकी पाकिस्तानी मोडल (तस्विर सहित)
यसकारण पाकिस्तानसँग हार्न सक्छ भारत